मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षा विषयमा छलफल

सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षा विषयमा छलफल

आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ।

उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका बारेमा छलफल र अन्तर्क्रिया भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए।

निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरुपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित: Sep 22, 2022| 22:01 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।