शुक्रबार, जेठ १, २०८३

पहिरो र नदी कटानको उच्च जोखिममा म्याग्दीको बगरफाँट

सिरानमा विशाल भीरबाट खस्‍ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

म्याग्दी- सिरानमा विशाल भीरबाट खस्‍ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ। 

National life

विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको सिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिंदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन्। 

म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने म्याग्दी नदीको तीव्र गतिका कारण नियन्त्रण हुननसकेको स्थानीयवासीले बताएका छन्।

'गाउँ जोखिममा छ, सिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभरि रहिरहन्छ,' बगरफाँटका ७६ वर्षीय डिलबहादुर घिमिरेले भने।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको एक सय ५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नाश भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको स्थानीय वुद्धिजीवी तथा नदी नियन्त्रणका लागि वर्षौंदेखि लागिपर्नु भएका म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

उनका अनुसार बेनी नगरपालिका–३ को तारो खेतबाट बगेर बगरफाँटको सिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ।

गाउँको सिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने हुँदा प्रदेश वा सङ्घबाट नै ठूलो योजना आवश्यक पर्ने देखिएको छ। तर, यसतर्फ यहाँका कुनै पनि राजनीतिक दलले चासो नदेखाएकाले यो समस्या विकराल बन्दै जाँदा सदरमुकाम बेनी बजारलाई समेत प्रभाव पार्ने स्थानीय बुद्धिजीवीको भनाइ छ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको सिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ। पहिरोले गाउँ कुरूप बन्दै जान थालेको र सिरानका पाँच घरपरिवार आफ्नो घर नै छोडेर बसाइँ सरिसकेको स्थानीयवासी कृष्ण रिजालले बताए।

त्यसैगरी म्याग्दी नदीको कटान नियन्त्रणका लागि अहिलेसम्म करोडौँ रुपैयाँ लगानी गरेर ग्याबिन पर्खाल लगाउने काम भए पनि त्यो प्रभावकारी हुन नसकेको स्थानीयवासीको गुनासो छ।

प्रकाशित: Sep 22, 2022| 23:10 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।