शुक्रबार, जेठ १, २०८३

उपत्यकामा एकै दिन ४ ठाउँ आगलागी, नियन्त्रणमा चुनौती

यो आगो नियन्त्रण गर्न काठमाडौं बारुण यन्त्र कार्यालयबाट २ वटा, भक्तपुर र ललितपुर वारुण यन्त्र कार्यालयबाट १-१ र बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यन प्राधिकरणबाट १-१ दमकल प्रयोग गरिएको थियो। त्यसैगरी खानेपानी बोकेर हिँडेका केही निजी ट्यांकरको पनि प्रयोग भएको थियो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- असोज ५ गते बिहान १ बजेदेखि साँझ ६:३० सम्ममा काठमाडौं र ललितपुरका विभिन्‍न ४ ठाउँमा आगलागी भयो। यसमध्ये साँझ साढे ६ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ राममन्दिर अगाडिको घरमा लागेको आगोले मानवीयसहित ठूलो भौतिक क्षति पुर्‍यायो । 

National life

यो आगो नियन्त्रण गर्न काठमाडौं बारुण यन्त्र कार्यालयबाट २ वटा, भक्तपुर र ललितपुर वारुण यन्त्र कार्यालयबाट १-१ र बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यन प्राधिकरणबाट १-१ दमकल प्रयोग गरिएको थियो। त्यसैगरी खानेपानी बोकेर हिँडेका केही निजी ट्यांकरको पनि प्रयोग भएको थियो। 

आगलागीमा रामहिटीको दमकल सबैभन्दा पहिले पुगेको थियो। आफू एक्लैले नियन्त्रण गर्न नसक्ने भएपछि काठमाडौं दमकललाई खबर गरेको थियो। बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डित भन्छन्, ‘काठमाडौंजस्तो घना बस्ती भएको र सानो-सानो गल्ली भएको सहरमा ठूला प्रकृतिको आगो नियन्त्रण गर्न साँघुरो सडक र सवारी चाप नै मुख्य चुनौती हो। गल्लीमा दमकल लैजान र फर्काउन मिलाउनु पर्ने भएपछि आगो नियन्त्रणको क्षमता त्यत्तिकै कम हुन्छ।’ 

बारुण यन्त्र कार्यालयका फायर कमाण्डर एवं नगर प्रहरी नायब निरीक्षक नरेशराज कुँवरले आगलागी नियन्त्रणका लागि भोग्नु परेको समस्या सुनाउँदै भने, ‘हामी पुग्दा कोठामा राखिएका अक्सिजन ग्यासका सिलिण्डर बम जत्तिकै पड्किँदै थिए। ग्याससहितको मिश्रित आगो दन्किरहेको थियो। हामीले निरन्तर प्रयास गर्दा रातको साढ १० बजे मात्र आगो पूर्ण नियन्त्रणमा लिएका थियौँ।’

आगलागी भएको घर कपनको राममन्दिर अगाडि छ। घरको कोठाबाट पर्वतारोहण सम्बन्धी काम हुन्थ्यो। यसैका लागि भण्डारण गरिएका अक्सिजन ग्याँसका सिलिण्डर पड्किएका हुन्। आगलागीबाट ३० वर्षीय अशोक राई, २५ वर्षका हेवान शेर्पा र २७ वर्षका कासाङ् तेञ्जिङ् शेर्पाको निधन भयो। घाइते हुनेमा २८ वर्षका कुशल बुढाथोकी छन्। उनको उपचार भइरहेको छ। 

यसै दिन विहान १:५५ बजे वडा नं. २६ गोङ्गबु टाउन प्लानिङको पसलमा आगलागी भएको थियो। त्यस्तै बुधबार बिहान १० बजेर २० मिनेटको समयमा काठमाडौं महानगरको वडा नं २९ पुतलीसडकस्थित न्युप्लाजाको बिजुलीको पोलमा आगलागी भएको थियो। दिउँसो १ बजेर ५६ मिनेट जाँदा ललितपुर धोवीघाटको कवाडी पसलमा आगलागी भएको थियो। 

  

प्रकाशित: Sep 22, 2022| 20:31 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।