मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल चोरेर नक्कली नम्बर प्लेट, पेमा तामाङ पक्राउ

मोटरसाइकल चोरेर नक्कली नम्बर प्लेट, पेमा तामाङ पक्राउ

प्रहरीले उनले चोरी गरी नक्कली नम्बर प्लेट राखेको मोटरसाइकल पनि बरामद गरेको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राख्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ छन्। प्रहरीले उनले चोरी गरी नक्कली नम्बर प्लेट राखेको मोटरसाइकल पनि बरामद गरेको छ। 

 भदौ ६ गते बालाजु बाइपासस्थित तरूण स्कुल नजिक सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको २२० सी सीको निलो/कालो रङको पल्सर मोटरसाइकल चोरी भएको थियो। 

असोज ३ गते बिहान १० बजेतिरको समयमा गोकर्णेश्वर-६ नयाँबस्तीमा उक्त मोटरसाइकल भेटिएको थियो। तर उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखिउको थियो। बाग्मती प्रदेश ०२-०२३ प ९३४४ नम्बर नक्कली नम्बर प्लेट राखी चलाई राखेको अवस्थामा प्रहरीले पेमालाई पक्राउ गरेका हुन्। 

प्रकाशित: Sep 20, 2022| 18:47 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।