शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति कार्यालयले भन्‍यो- नागरिकता विधेयक प्रमाणीकरण गर्ने कुनै तयारी छैन

राष्ट्रपति कार्यालयले भन्‍यो- नागरिकता विधेयक प्रमाणीकरण गर्ने कुनै तयारी छैन

संविधानको धारा ११३ को उपधारा ३ अनुसार सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संघीय संसद्‌को दुबै सदनले पारित गरी भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।
 |  मंगलबार, असोज ४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयक अहिले राष्ट्रपति कार्यालयमा छ। संविधानको धारा ११३ को उपधारा ३ अनुसार सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संघीय संसद्‌को दुबै सदनले पारित गरी भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।

sagarmatha cement

उक्त विधेयक प्रमाणीकरण गर्ने आज राति १२ बजेसम्मको समय रहेको छ। तर, अहिलेसम्म प्रमाणिकरण गर्ने कुनै तयारी नभएको राष्ट्रपति कार्यालयले जनाएको छ। समयसीमा सकिन २ घण्टाभन्दा कम समय बाँकी रहँदा पनि विधेयक प्रमाणीकरणको कुनै तयारी नभएको राष्ट्रपति कार्यालयका भेषराज अधिकारीले जानकारी दिएका छन्। 

उनले भने, 'यसअघि राष्ट्रपतिज्यूले यसबारे परामर्श गर्नुभएको थियो। अहिलेसम्म प्रमाणीकरण गर्ने कुनै तयारी देखिँदैन।' अब प्रमाणिकरण हुने सम्भावना कम हुँदै गएको पनि उनले बताए। 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे त्यो स्वतः निष्क्रिय हुने र पहिलाकै व्यवस्था कार्यान्वयन हुने उनले बताए।

यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरणका लागि गएको विधेयकका विषयमा सरोकारवाला, विज्ञ, कानुनविद्, राजनीतिक दलका नेताहरुसँग छलफल पनि गरेकी थिइन्।

Metro Mart
worldlink

तर, संविधानविद्‌हरुले भने राष्ट्रपतिले दुबै सदनबाट पारित भएको विधेयक १५ दिनभित्र प्रमाणिकरण नगरे संविधान नमानेको ठहरिने बताएका छन्। 

 


प्रकाशित: Sep 20, 2022| 22:04 मंगलबार, असोज ४, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मर्यादित महिनावारी कहिले ?

मर्यादित महिनावारी कहिले ?

नेपालले २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ।