बिहीबार, वैशाख २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राजसंस्था र सनातन हिन्दू राष्ट्रका लागि जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन घोषणा

राजसंस्था र सनातन हिन्दू राष्ट्रका लागि जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन घोषणा

 |  बिहीबार, वैशाख २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

vianetvianet

काठमाडौं- राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू राष्ट्रका लागि राजावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन्। 

triton college

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन्।

संयोजक सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताए। उनले भने, 'हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ।

घोषणा सभामा समितिका संयोजक सुवेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए।
 

प्रकाशित: May 08, 2025| 14:09 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्