मंगलबार, साउन १२, २०८३

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्। चितवन, धनुषा, सुर्खेत, कैलाली र सोलुखुम्बुमा गरी पाँच जना मृत फेला परेका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्। चितवन, धनुषा, सुर्खेत, कैलाली र सोलुखुम्बुमा गरी पाँच जना मृत फेला परेका हुन्।

चितवन, भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

सुर्खेत, पंचपुरी नगरपालिका-५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका-११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

कैलाली, गोदावरी नगरपालिका-१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित लुक्ला-पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका-१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित: Sep 21, 2022| 12:40 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।