शुक्रबार, जेठ १, २०८३

काठमाडौंमा सुरु भयो नेपाल–भारत सहसचिवस्तरीय बैठक

बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनादेखि टनकपुर ब्यारेज, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनालगायत विषयमा छलफल हुनेछ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं– नेपाल–भारत सहसचिवस्तरीय दुईदिने बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ। 

National life

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइ, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाबारे  छलफल हुनेछ।

त्यस्तै, कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दा, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिबारे छलफल हुनेछ।

नेपालबाट भारतमा बहने अन्य नदीको डुबान र कटानका समस्या, खाँडो, वाणगंगा र पश्चिम राप्ती नदीमा नयाँ उठाइएका कामको स्थितिबारे पनि छलफल हुनेछ।

प्रकाशित: Sep 21, 2022| 13:39 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।