काठमाडौं- भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ। डेढ महिनादेखि उपचाररत श्रीवास्तवको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो।
हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। श्रीवास्तवलाई दिल्लीको एक जिममा व्यायाम गरिरहेका बेला हृदयघात भएको थियो।
सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए। उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए। उनले 'मैने प्यार किया', 'बाजिगर', 'आम्दानी अठन्नी खर्च रुपैयाँ' र 'बम्बई टू गोवा'को रिमेकमा समेत अभिनय गरेका छन्।