शुक्रबार, जेठ १, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। धनकुटा, महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३-०२-०१२ प ८१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खातीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो। 

National life

झापा, शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार आफैँ अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गिता चौधरी रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

सुनसरी, इटहरी उपमहानगरपालिका-९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारीको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कपिलवस्तु, शिवराज नगरपालिका-७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसाको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगंज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका-१ बस्ने ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Sep 21, 2022| 13:23 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।