शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाबालिक बलात्कार मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

नाबालिक बलात्कार मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्‍चकन्या गाउँपालिका-३ बस्‍ने ४३ वर्षीय अर्जुन कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- नाबालिक बलात्कार गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ। जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्‍चकन्या गाउँपालिका-३ बस्‍ने ४३ वर्षीय अर्जुन कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

National life

मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गते ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय ठहर भएका कार्की १५ वर्षपछि मंगलबार पक्राउ परेका हुन्। 

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ। 


प्रकाशित: Sep 20, 2022| 20:10 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।