बागलुङ- बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक बेपत्ता भएका छन्। गत भदौ १६ गते घरबाट निस्किएका विक १९ दिनदेखि हराइरहेका हुन्।
परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए।
प्रहरीले विकको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। परिवारजनले भने विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ।