शुक्रबार, जेठ १, २०८३

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

हुम्ला- मतदान गर्नका लागि तीन दिन  पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ।

National life

मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ। गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए। विसं २०७४ को निर्वाचनमा तीन दिन हिँडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए। केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे। आउँदा–जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साविक मतदानस्थल ४६ कायम छन्। ठाउँसारी कायम चार र सात नयाँ थपसमेत गरी ५७ मतदानस्थल रहेको उनले बताए। हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन्। तेइस घरधुरी रहेको मासपुरको कुल जनसङ्ख्या एक सय तीन रहेको छ।  -रासस

प्रकाशित: Sep 21, 2022| 08:15 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।