मंगलबार, साउन १२, २०८३

ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

रुपन्देही- ज्यान मुद्दाको फैसलापछि फरार रहेका एक प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन्। रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

उनले  २०५८ साल साउन २१ गते राति कुटपिट गरी हत्या गरेका थिए।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको टोलीले यादवलाई मंगलबार पक्राउ गरेको हो। उक्त घटनामा  संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए। 

रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव घटनाको २१ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 21, 2022| 10:32 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।