शुक्रबार, जेठ १, २०८३

म्याग्दीमा आठ मतदानस्थल थप

जिल्लामा मतदाताको संख्या ८६ हजार एक सय २० कायम भएको छ। भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

म्याग्दी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ। जिल्लामा मतदाताको संख्या ८६ हजार एक सय २० कायम भएको छ। भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन्। 

National life

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र कायम भएका जानकारी दिए। गत स्थानीय तह निर्वाचनमा ७४ मतदानस्थलमा एक सय १४ केन्द्र थिए। 

धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई–दुईवटा मतदानस्थल थपिएका हुन्। धवलागिरि गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नं ७ धारापानीको चन्द्रकुन्ता किसानी माबीमा मतदानस्थल कायम भएको छ।

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदानस्थल थपिएको छ। रघुगङ्गा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नं ८ को काफलडाँडा आधारभूत विद्यालयमा पनि मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानस्थल थपिएपछि भौगोलिकरूपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुईदेखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ। कैलाश आधारभूत मतदान केन्द्रमा एक सय ५७ मतदाता कायम छन्।

आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक तेस्रोलिङ्गी मतदाता कायम छन्। गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५६ हजार चार सय ५६ मत खसेको थियो। 

स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँसराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या काम गरिएको हो। स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन्।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन्। 

बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ६८, धवलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम छन्।   -रासस

प्रकाशित: Sep 21, 2022| 10:47 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।