काठमाडौं- ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
महानगरपालिका कार्यालयले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै नक्शा स्विकृत नगरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो। तोकिएको समयभित्र नहटाए कानुन बमोजिक कारबाही गर्ने महानगरको चेतावनी छ।
नक्शा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फूटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना हटाउनुपर्ने‚ नक्शा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिए पनि अन्य प्रयोजनमा प्रयोग भए हटाउनुपर्ने छ।