शुक्रबार, जेठ १, २०८३

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ। बर्दिया, चितवन र झापामा गरी तीन जनाको ज्यान गएको हो।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ। बर्दिया, चितवन र झापामा गरी तीन जनाको ज्यान गएको हो।

National life

बर्दिया, मधुवन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

चितवन, राप्ती नगरपालिका-९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

झापा, अर्जुनधारा नगरपालिका-१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Sep 21, 2022| 12:10 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।