शुक्रबार, जेठ १, २०८३

देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

National life

काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ। 

मकवानपुर, बकैया गाउँपालिका-११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ। 

स्याङ्जा, आँधीखोला गाउँपालिका-१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Sep 20, 2022| 12:49 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।