रुकुम- रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा शव फेला परेको हो। विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन्।
प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ। स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।