शुक्रबार, जेठ १, २०८३

सात वर्षपछि सञ्‍चालनमा आयो सप्तमी हाट

गाउँपालिकाका क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनको सहज बिक्री वितरणका लागि बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

भोजपुर- जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले स्थानीय कृषि उपजहरूको सहज बिक्री वितरणका लागि स्थानीय हाट बजार सञ्चालनमा ल्याएको छ। कृषकहरूलाई उत्पादित वस्तु बेचबिखन गर्न सहज बनाउने उद्देश्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा सप्तमी हाट सञ्चालनमा ल्याइएको हो। 

National life

करिब ५७ वर्षअघिबाट यहाँ हाट बजार सञ्चालन हुँदै आएको  थियो। तर करिब सात वर्ष अघिदेखि यहाँ हाट लगाउन बन्द गरिएको थियो। हाट बजार बन्द भएसँगै स्थानीयवासीलाई कृषि उपज बेचबिखनमा असहजता भएपछि गाउँपालिकाले सप्तमी बजार पुनः सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले व्यवस्थितरूपमा हाट सञ्चालन गर्न बजार व्यवस्थापन समितिसमेत गठन गरेको छ। 

गाउँपालिकाका क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनको सहज बिक्री वितरणका लागि बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। 

'लामो समयदेखि बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याएका छौँ,' गाउँपालिका अध्यक्ष बस्नेतले भने, 'गाउँपालिकामा उत्पादन भएका कृषि उपजहरूलाई सहजरूपमा बिक्री वितरण गराउने हाम्रो लक्ष्य हो।'

गाउँपालिकालाई कृषिमा नमूना स्थानीय तह बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम गरिरहेकाले यस्ता बजारले कृषकलाई थप सहज हुने उनको भनाइ  छ। ठाउँठाउँमा यस्ता हाट बजार सञ्चालन गर्न सके बजारीकरणका लागि केही सहज हुने राईले जानकारी दिए।

'हामीले गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य लिएका छौँ,' अध्यक्ष राईले भने, 'उत्पादित वस्तुलाई बजारसम्म लैजाने सहज बनाउने माध्यमका रूपमा स्थानीय हाटलाई लिएका छौँ। आवश्यक पूर्वाधारको विकास गरेर उत्पादित कृषि उपजलाई सहजरूपमा बिक्री वितरण गर्ने वातावरण बनाउन लागिपरेका छौँ।'

गाउँपालिका केन्द्रमा लाग्ने बजार भएकाले यहाँ लेक तथा बेँसीमा उत्पादन भएका वस्तुहरूको खरिद बिक्री हुने गर्दछ। यसले स्थानीयवासीलाई कृषिमा आत्मानिर्भर बन्न सहजता थप्ने गाउँपालिका उपाध्यक्ष रमा राईले बताए। उनले भने, 'विगतका समयमा लाग्दै आएको हाट बन्द थियो। यसले स्थानीयवासीलाई कृषि उपज बेचबिखनमा असहज थियो। स्थानीयवासीलाई सहज बेचबिखनका लागि गाउँपालिकाको पहलमा बजार सञ्चालन ल्याएका हौँ।'

एक वडा एक वडा उत्पादन क्षेत्र घोषणा गर्ने नीति तथा कार्यक्रम पारित गरेर काम गरिरहेकोसमेत उनले जानकारी दिए। यसले गाउँपालिकालाई तरकारीसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउन टेवा पुग्ने उपाध्यक्ष राईले बताए।

यहाँको बजारमा विभिन्न ठाउँबाट व्यापारीहरू आफ्ना सामान लिएर पुग्ने गरेका छन्। यहाँ प्रत्येक महिनाको सप्तमी तिथिमा नियमितरूपमा बजार लगाउने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले बन्द भएको बजार सञ्चालनमा ल्याएपछि स्थानीयवासी उत्साहित भएका छन्। हाट सञ्चालनले कृषि उपजलाई बिक्री वितरणमा थप सहज भएको स्थानीयवासीको भनाइ छ। गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर हाटको पुनः औपचारिक सुरुआत गरेको हो। 

प्रकाशित: Sep 19, 2022| 23:45 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।