बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गोठाटार गोली काण्ड : सुरक्षा मागेको तीन दिनपछि नै लाल मोहम्मदको हत्या

गोठाटार गोली काण्ड : सुरक्षा मागेको तीन दिनपछि नै लाल मोहम्मदको हत्या

गोठाटारमा सोमबार अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएका लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ।
 |  सोमबार, असोज ३, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, असोज ३, २०७९

काठमाडौं- गोठाटारमा सोमबार अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएका लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ।

National life

उनले शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ। सुरक्षा मागेको तीन दिनपछि उनको गोली हानी हत्या गरिएको छ।

स्रोतका अनुसार उनले गोली काण्डमा दोषी ठहरिएर १० वर्ष जेल बसेर तीन वर्षअघिमात्र रिहा भएका थिए।  

उनलाई अज्ञात व्यक्तिले सोमबार काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली प्रहार गरेको थियो। गोली प्रहारबाट घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको छ। 

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखाइ अनुसार लाल मोहम्मद निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन्। सेतो लुगा लगाएका मोहम्मद गाडीबाट उत्रिने वित्तिकै गोली चल्‍न सुरु भएपछि उनी बच्‍नका लागि गाडी वरीपरी फन्को लगाउन थाले। 

Laxmi sunrise bank

तर, रातो लुगा लगाएका पेस्तोलधारीले लगातार उनीमाथि गोली चलाए। दुई जनाले वरीपरीबाट घेरेर उनीमाथि गोली हानी फरार भएको भिडियो फुटेजमा देखिएको छ। गोली लागेर घाइते भएका छन् मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।


प्रकाशित: Sep 19, 2022| 22:48 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।