सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडा र शिवाकोटीको अग्रता कायमै

कांग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडा र शिवाकोटीको अग्रता कायमै

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ। 

पछिल्लो अपडेट अनुसार रामहरि खतिवडाले ९१७ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने अजय सिवाकोटीले ६५३ मत प्राप्त गरेका छन्।  

त्यस्तै, डिल्लीराज सुवेदीले ५०० मत, देवेन्द्रराज कँडेलले ३९५ मत, विकास कोइरालाले ३३०, राजिव ढुंगानाले २९३ मत, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्याल २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्। 

काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ दुई उम्मेदवार विजयी हुनेछन्।

प्रकाशित: Oct 12, 2026| 12:07 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्