शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोठाटार गोली काण्ड : जेल जीवन विताएका मोहम्मदको लखेटी-लखेटी हत्या

गोठाटार गोली काण्ड : जेल जीवन विताएका मोहम्मदको लखेटी-लखेटी हत्या

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।

National life

उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको थियो। गोठाटारस्थित व्यस्त सडकमा बा६च ५१५२ नम्बरको कारबाट निस्किने वित्तिकै मोहम्मदमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। मोहम्मदलाई रातो टिसर्ट लगाएका आक्रमणकारीले लखेटी लखेटी गोली प्रहार गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ।

गोली चलेको देखेपछि परिवारका सदस्यले प्रतिवाद गर्न खोज्दा आक्रमणकारी पेस्तोल छोडेर भागेका थिए। आक्रमणपछि घाइते भएका मोहम्मदलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभए पछि उनलाई शिक्षण अस्पताल लगिएकोमा लगिएकोमा उनको त्यहाँ उपचारकै क्रममा ज्यान गएको हो।

उनले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ। उनले शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतले जनाएको छ। सुरक्षा मागेको तीन दिनपछि उनको गोली हानी हत्या गरिएको हो।

उनी गोली काण्डमा दोषी ठहरिएर १० वर्ष जेल बसेर तीन वर्षअघिमात्र रिहा भएको खुलेको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिए अनुसार निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका थिए।

सेतो लुगा लगाएका मोहम्मदमाथि गाडीबाट उत्रिने वित्तिकै गोली चल्‍न सुरु भएपछि उनी बच्‍नका लागि गाडी वरीपरी फन्को लगाउन थालेको देख्न सकिन्छ। तर, उनीमाथि आक्रमणकारीले लखेट्दै गोली प्रहार गरिरहे। उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको प्रहरीले छ।

मोहम्मद पनि १० वर्ष जेल बसेर निस्केको खुलेको छ। २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवाको गोली प्रहारबाट हत्या भएको थियो। उक्त घटनामा प्रहरीले मोहम्मद र पप्पु गुप्तालाई दोषि ठहर गर्दै पक्राउ गरेर मुद्दा चलाएको थियो। 

पटुवालाई गोली हानेको आरोप लागेका अर्का व्यक्ति मुन्ना खान भनिने इल्ताव हुनेस अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए। भारतीय जाली नोट कारोबारबारे विवाद हुँदा मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।​ सोही मुद्दामा अदालतले मोहम्मदलाई १० वर्ष कैद सजाय गरेकोमा तीन वर्षअघि सजाय भुक्तान गरेर उनी छुटेका थिए।

पछिल्लो समय कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए। भाडामा लिएको घरको एउटा तलामा गार्मेन्ट छ, माथिल्लो तलामा उनी परिवार सँग बस्दै आएका थिए। 

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई सोमबार साँझ उनकै पसल अघि अज्ञात समूहले गोली प्रहार गरेको थियो।

गोली हानेको देखेपछि मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेकी थिइन्। त्यसपछि आक्रमणकारी फरार भएका थिए।

प्रकाशित: Sep 20, 2022| 07:16 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।