काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन्। मंगलबार एड्भोकेसी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले यस्तो बताएका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा दलहरू सहमत नहुँदा संसदबाट प्रक्रिया अघि बढाउन नसिकएको उनले बताए। निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउने उनको भनाइ छ।
संक्रमणकालीन न्याय टुंगो लगाउन केही ढिला भएपनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।