शुक्रबार, जेठ १, २०८३

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा चितवनमा नष्ट

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

भरतपुर- भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो। वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी संघले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन्।

National life

बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो। करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिए। सो माछालाई सोमबार नै सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ। 

अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको नेपाल मत्स्य व्यवसायी सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए। उनले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गरे। विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको नेपाल मत्स्य व्यवसायी संघको दाबी छ।

संघले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ। चितवनमा वार्षिक छ हजार पाँच सय टन माछा उत्पादन हुन्छ। यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ। बाँकी काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुने गरेको संघका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताए। पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ छ।

प्रकाशित: Sep 20, 2022| 06:53 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।