शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोठाटारमा गोली लागेका मोहम्मदको उपचारका क्रममा मृत्यु

गोठाटारमा गोली लागेका मोहम्मदको उपचारका क्रममा मृत्यु

- काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै सोमबार गोली लागेर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ। घाइते मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै सोमबार गोली लागेर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ। घाइते मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। 

National life

उनको उपचारका क्रममा मृत्यु भएको घोषणा अस्पतालले गरेको प्रहरी प्रधान कार्यालयका प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए। द

र्जीको  टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो। उनको अन्य विवरण खुल्न बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए। 

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखाइ अनुसार लाल मोहम्मद निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन्। सेतो लुगा लगाएका मोहम्मद गाडीबाट उत्रिने वित्तिकै गोली चल्‍न सुरु भएपछि उनी बच्‍नका लागि गाडी वरीपरी फन्को लगाए। 

तर, रातो लुगा लगाएका पेस्तोलधारीले लगातार उनीमाथि गोली चलाए। दुई जनाले वरीपरीबाट घेरेर उनीमाथि गोली हानी फरार भएको भिडियो फुटेजमा देखिएको छ। गोली लागेर घाइते भएका छन् मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। 

के कारणले घटना भयो भन्‍ने पनि अझै खुल्‍न सकेको छैन। उनले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको छ। गोली प्रहार भएको स्थानबाट २ राउण्ड लोड, १ भुइँमा खसेको र १ गोलीको खोकासहित यूएसए पेस्तोल फेला परेको छ।

प्रकाशित: Sep 19, 2022| 22:16 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।