ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घर घरमै पर्व मनाउनुपर्ने अवस्था छ ।
नेपाल सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले बताएका छन्।