शुक्रबार, भदौ १२, २०८३

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

नेपालगञ्ज- कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको दुवै फोक्सोमा निमोनिया भएको थियो ।
भर्ना भएकै दिन उनको स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार थालिएको थियो । उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एकएक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 26, 2020| 07:22 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।