शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराका एक स्वास्थ्यकर्मीसहित गण्डकीमा २३ जना संक्रमित थपिए

पोखराका एक स्वास्थ्यकर्मीसहित गण्डकीमा २३ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

पोखरा– गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ३ जिल्लाका २२ पुरुष र १ महिलामा सक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका–११ स्थित साई अर्चना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी तथा मादी गाउँपालिकाका दुबईबाट आएका एक पुरुष, लमजुङका ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारी, १७ जना नेपाल आर्मीमा कार्यरत पुरुष तथा अन्य दुई पुरुष र नवलपुर गैडाकोट–१ की ४० वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९३६ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६४३ रहेको छ ।

प्रकाशित: Aug 26, 2020| 08:32 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।