बिहीबार, भदौ ११, २०८३

नोबेल अस्पतालका ५५ जना स्टाफ नर्सले राजीनामा दिए

नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

विराटनगर– नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।

पारिश्रमिक वृद्धिको माग गर्दै उनीहरुले राजीनामा दिएका हुन्। कोरोना संक्रमणको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवन्ध नगरेको र पारिश्रमिक नियमित नभएको स्टाफ नर्सले बताएका छन्।

मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्टार्फ नर्सले पाइरहेको पारिश्रमिकमा ५ हजार थप गर्न माग गरेको बताए।

व्यवस्थापनले ४ हजार थप गर्न तयार रहे पनि उनीहरुले अस्वीकार गरेको दाहालले बताए। नोबेल मेडिकल कलेजमा आकस्मिक सेवामा ६५० जना स्टाफ नर्स कार्यरत रहेको उनले बताए ।

नोबेलमा ९ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित: Aug 25, 2020| 19:11 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।