बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घुससहित पक्राउ परेका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मंगलबार मुद्दा दायर गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– घुससहित पक्राउ परेका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मंगलबार मुद्दा दायर गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेनमेन) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादव तथा ललितपुर गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब–इन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध मुद्दा दायर गरिएको हो।

लोध र यादवविरुद्ध चार लाख तथा जैसी र मोक्तानविरुद्ध एक लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

लोध र यादवलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग चार लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत जैसी र सब–इन्जिनियर मोक्तानले वडा नम्बर ११ बज्रबाराहीस्थित निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको थियो।

प्रकाशित: Aug 25, 2020| 17:23 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।