बिहीबार, भदौ ११, २०८३

सेवानिवृत्त सेनाबाट गर्भवती महिला प्रहरी कुटिइन्

झापाको मेचीनगर नगरपालिका–१२ मा एक गर्भवती महिला प्रहरीमाथि कुटपिट भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– झापाको मेचीनगर नगरपालिका–१२ मा एक गर्भवती महिला प्रहरीमाथि कुटपिट भएको छ।

स्थानीय एक पुरुषलाई आश्रय दिएको नाममा दुर्गा श्रेष्ठ र विष्णुमाया प्रधानको कुटाइबाट ७ महिनाकी गर्भवती चन्द्रकला लाम्गादे र उनका श्रीमान सागर खाती घाइते भएका छन्।

घटना सोमबार रातिको हो। प्रहरीका अनुसार कोरोना संक्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै स्थानीय राजन दर्जीलाई श्रेष्ठ दम्पतीले लखेटेका थिए।

बेलुकी ८ बजे श्रेष्ठ दम्पतीले जातिय गाली गर्दै राजनलाई लखेटेपछि दौडिँदै उनी चन्द्रकलाको घरमा पुगेका थिए।

राजनलाई आश्रय दिएको भन्दै श्रेष्ठ दम्पतीले चन्द्रकला र उनका पति सागरमाथि कुटपिट गरेको खुलेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए।

थापाका अनुसार मेचीनगर बाहिरबाट आएका एक जनासँग बसेर राजनले खाजा खाएको भन्दै एक महिनाअघि उनलाई नगरपालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिनमा पीसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए। घटनाअनुसार क्वारेन्टिन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गालीगलौज गर्ने गरेका थिए।

सोमबार बेलुकी दर्जी श्रेष्ठकोे घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गालीगलौज गर्दै श्रेष्ठले लखेटेका थिए।

श्रेष्ठ दम्पतीको कुटपिटबाट चन्द्रकलाको पेट, ढाड, छाती लगायतका भागमा चोट लागेको सागरले बताए। गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै सागरले बताए ।

घाइते दुबैको बिर्तामोडको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ। सागरलाई पेटीले कुटपिट गरेका कारण शरीरभरि निलडाम छन्।

कुटपिट गर्नेबिरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाइमा जातिय भेदभावविरुद्ध उजुरी दर्ता भएको छ। उजुरीपछि कुटपिटमा संलग्न संलग्न दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थापाले जानकारी दिए।

झापा जिल्ला अदालत ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिए। कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त हुन् भने चन्द्रकला प्रहरी जवान हुन्।

प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा दरबन्दी रहेकी उनी कोरोनाका कारणले झापामै हाजिर हुने गरी काजको व्यवस्था गरिएको डिएसपी थापाले जानकारी दिए।

उनी एथलेटिक्सकी कीर्तिमानी खेलाडीसमेत हुन्। उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक जितेकी थिइन्।

प्रकाशित: Aug 25, 2020| 18:27 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।