बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षमाथि जबरजस्ती करणीमा पनि जाहेरी

शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षमाथि जबरजस्ती करणीमा पनि जाहेरी

शरीर बन्धक मुद्दामा पक्राउ परेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दवहादुर खड्काविरुद्ध जबरजस्ती करणी र ठगी मुद्दा पनि दर्ता भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– शरीर बन्धक मुद्दामा पक्राउ परेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दवहादुर खड्काविरुद्ध जबरजस्ती करणी र ठगी मुद्दा पनि दर्ता भएको छ।

प्रहरीले शरीर बन्धक मुद्दामा पक्राउ गरेपछि गाउँपालिकाअन्तर्गतकै एक स्वास्थ्य संस्थामा कार्यरत युवतीले जबरजस्ती करणीको मुद्दा दिएकी हुन्।

रामेछाप जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जबरजस्ती करणी मुद्दामा दुवै जनाको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिए।

ती युवतीले जाहेरीमा अध्यक्ष खड्काले आफूलाई महिनौं अघि जबरजस्ती करणी गरेको र कसैलाई भनेमा गोली हान्ने धम्की दिएकाले मुद्दा दिन नसेको उल्लेख गरेकी छन्।

मुलुकी फौजदारी संहिता २०७४ ले जबरजस्ती करणी भएको एक वर्षसम्म मुद्दा दर्ता गर्न पाइने व्यवस्था गरेको छ।

खड्काविरुद्ध रामेछाप धोबीका शेरबहादुर खड्काले २१ रोपनी जग्गा पालिकाका नाममा भनी आफ्नी साली नाता पर्नेका नाममा झुक्याएर पास गराएको भन्दै ठगी मुद्दासमेत दर्ता गरेका छन्।

उक्त जग्गाको मूल्य दुई करोड रुपैयाँ नदिएको भन्दै मुद्दा दर्ता भएको दायर गरेको प्रहरीले जनाएको छ

डीएसपी पाठकले तीनवटै मुद्दामा अनुसन्धान जारी रहेको जानकारी दिए। खड्कालाई सुरुमा सात दिन र पछि गत शुक्रबार जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको छ।

गाउँपालिकाको एउटा योजनाका उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङले रकम भुक्तानीसम्बन्धी कुरा गर्न पालिकामा बोलाएर २ घण्टा वन्धक बनाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

अपहरण मुद्दा लागेका गाउँपालिका अध्यक्ष पक्राउ

प्रकाशित: Aug 25, 2020| 18:55 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।