मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २५ पुग्यो

आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २५ पुग्यो

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृतक स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए। उनका अनुसार असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार हुँदै आएको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 25, 2020| 07:25 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।