सोमबार, वैशाख २१, २०८३

पर्सामा ३१ जना आईसीयूमा, थप ३३ जनामा कोरोना संक्रमण

पर्सामा १० महिलासहित थप ३३ जनामा काेराेना संक्रमण भएकाे छ। योसँगै पर्सामा संक्रमितको संख्या एक हजार ९७९ पुगेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

जियालाल साह

जियालाल साह

मंगलबार, भदौ ९, २०७७

पर्सा- पर्सामा १० महिलासहित थप ३३ जनामा काेराेना संक्रमण भएकाे छ। योसँगै पर्सामा संक्रमितको संख्या एक हजार ९७९ पुगेको छ।

National life

संक्रमित ३१ जना आईसीयूमा उपचाररत छन्।

पछिल्लोपटक चार सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा कालिकामाइ गाउँपालिका ५ का ८ जना, वडा नम्बर २ का ४ जना, जगरनाथपुर गाउँपालिकाका ३ का २ जना तथा वडा नम्बर २,४,५,६ मा एकएकजना रहेको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए।

यसैगरी वीरगन्ज महानगरपालिका १२ का ३ जना, १४ का २ जना र वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का एकएकजना संक्रमित थपिएका हुन् ।

पर्सामा अहिलेसम्म १८ हजार ३ सय १४ जनाको पीसीआर परीक्षण भएको छ।

विभिन्न कारखानाका मजदुर तथा तथा डेरा मा बस्दै आएका २४ जना भारतीय नागरिक संक्रमित भएका छन्।

यस्तै १३० जना स्वास्थ्यकर्मी, ८७ जना सुरक्षाकर्मी, १३ जना पत्रकार, ९८ जना कैदी तथा थुनुवा, ४९ जना अस्पताल सरसफाइकर्मी, गार्ड तथा कार्यालय सहयोगी र तीन जना एम्बुलेन्स चालक संक्रमित छन्।

संक्रमितमध्ये २ सय ७७ महिलासहित ६ सय ४० जना होम आइसोलेसनमा छन्। ३७ महिलासहित एक सय ५ जना अस्थायी कोभिड अस्पताल गण्डक र वीरगन्ज हेल्थ केयरमा छन्।

यीमध्ये वीरगन्ज हेल्थ केयरमा २२ जना र गण्डक अस्पतालमा नौ गरी ३१ जना आईसीयूमा उपचाररत रहेको नारायणी कोभिड अस्पतालका अर्का चिकित्सक डा. निरज सिंहले बताए।

पर्सामा कोरोना संक्रमणबाट हालसम्म ३१ जनाको मृत्युु भएको छ।

प्रकाशित: Aug 25, 2020| 21:12 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।