शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट काठमाडौंका थप एक पुरुषको मृत्यु

ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित थिए की थिएनन् भन्ने विषयमा अस्पतालले केहि खुलाएको छैन् ।

सोमबार राति मात्रै काठमाडौंका एक नेताको काेराेनाका कारण मृत्यु भएको थियो । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।

पाटन अस्पतालमा मात्रै कोरोनाबाट करिब एक दर्जन ब्यक्तिले ज्यान गुमाएका छन् । काठमाडौंमा ज्यान गुमाउनेको संख्या २ दर्जन नाघेको छ ।

प्रकाशित: Aug 26, 2020| 08:24 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।