बिहीबार, भदौ ११, २०८३

थाइल्याण्डले अक्टोबरदेखि पर्यटकलाई स्वागत गर्ने

पर्यटकहरु एक-दुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ। पहिले नै निर्धारित गरिएका स्थलमा सीमित रहनुपर्नेछ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- गएको जनवरीदेखि सुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वका धेरै गन्तव्यमा पर्यटकीय गतिविधि ठप्प छ। हवाई यातायात बन्द भएकाले मानिसहरुले यात्रा गर्न पाइरहेका छैनन्।

कोरोना महामारी सकिने कुनै संकेत देखिएको छैन। वैज्ञानिकहरु भ्याक्सिन बनाउने प्रयासमा जुटिरहेका छन् तर सफलता मिलिराखेको छैन।

विश्वका धेरै देशले पर्यटक आगमनमा प्रतिबन्ध लगाइरहँदा थाइल्याण्डले भने आगामी विन्टरमा पर्यटकलाई स्वागत गर्ने तयारी गरेको छ। थाइल्यान्डमा पछिल्लो तीन महिनादेखि सामुदायिक संक्रमण फेला नपरेकाले सरकारले पर्यटन क्षेत्र सुचारु गर्ने तयारी गरेको हो।

सीएनएनका अनुसार अक्टोबरबाटै देशमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सुरु गरिनेछ। सबै आगन्तुकले केही निश्चित नियमको भने पालना गर्नुपर्ने हुन्छ।

पर्यटकहरु एक-दुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ। पहिले नै निर्धारित गरिएका स्थलमा सीमित रहनुपर्नेछ।

सुरुवातमा पर्यटकले फुकेटसम्मको मात्र उडान भर्न पाउनेछन्। फुकेट थाइल्यान्डको सबैभन्दा ठूलो टापु हो। त्यहाँ पुगेर १४ दिनसम्म निर्धारित रिसोर्टमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। त्यहाँ पर्यटकहरुले समुद्र किनारमा आरामदायी समय बिताउन पाउनेछन्।

क्वारेन्टिनको सुरुवात र अन्त्यमा दुई पटक पर्यटकको कोरोना परीक्षण गरिनेछ। क्वारेन्टिन अन्त्य हुँदासम्म नतिजा पोजेटिभ नआए उनीहरु टापुभर स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनेछन्।

फुकेट बाहेकका अन्य गन्तव्यमा पनि जान चाहनेहरुले चाहिँ थप सात दिन अतिरिक्त क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

पर्यटनमै अधिक निर्भर भएकाले थाइल्यान्डको अर्थतन्त्र पनि कोरोनाका कारण नराम्ररी प्रभावित भएको छ।

प्रकाशित: Aug 26, 2020| 06:08 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।