नेपाल पर्वतारोहण संघ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बेसडर’ घोषणा गरेको...
महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएकोले सचेत रहन प्रशासनले आग्रह गरेको हो।
विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनअनुसार नै निर्णय दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।
कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ। आज कैलालीको कैलारी गाउँपालिका–७, लठ्ठाघाट र टीकापुर नगरपालिका–७, कालाकुण्डामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको हो।