शुक्रबार, भदौ १९, २०८३

प्रहरीलाई सय रुपैयाँ दिन खोज्दा दुई जना पक्राउ

सुर्खेतमा प्रहरीलाई १०० रुपैयाँ दिन खोज्ने दुई जना पक्राउ परेका छन्। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

सुर्खेत– सुर्खेतमा प्रहरीलाई १०० रुपैयाँ दिन खोज्ने दुई जना पक्राउ परेका छन्। 

पैसा दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का ३४ वर्षे टिप्पर चालक केशव पुनमगर र सोही ठाउँका १८ वर्षे सहचालक राजकुमार थारु पक्राउ परेका हुन्। 

टिप्पर चेकजाँचका क्रममा प्रहरी हवल्दार खेमराज बस्नेतलाई १०० रुपैयाँ दिन खोजेपछि पक्राउ गरिएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनीहरुले आज मंगलबार वीरेन्द्रनगर–६ नयाँ बसपार्कमा प्रहरीलाई पैसा दिन खोजेका थिए।

मंगलगढीदेखि नेपालगञ्ज जाँदै गरेका उनीहरुले सवारी चालक अनुमतिपत्र लगायतका आवश्यक कागजातरु बोकेका थिएनन्। आवश्यक कागजात नभएकै कारण प्रहरीको कारबाहीमा पर्ने डरले पैसा दिएर प्रलोभनमा पार्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 02, 2021| 11:57 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।