शुक्रबार, भदौ १९, २०८३

काठमाडौं महानगरले क्रिकेट संघलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

यसका लागि मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे। 

कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही  ६ लाख र सी डिभिजनलाई चार लाख रूपैयाँ सहयोग गरिसकेको छ।

महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यसप्रकार लगानी गरिएको महानगरको भनाइ छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए। 

काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार संघलाई सम्झौताबमोजिम दुई चरणमा अनुदान रकम प्रदान गरिने छ। 

पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइने छ। 

उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नु पर्नेछ। रासस

प्रकाशित: Feb 03, 2021| 03:01 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।