शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालत र आयोगले संविधान र कानुनअनुरूप नै निर्णय दिन्छन् : नारायणकाजी

अदालत र आयोगले संविधान र कानुनअनुरूप नै निर्णय दिन्छन् : नारायणकाजी

विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनअनुसार नै निर्णय दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनअनुसार नै निर्णय दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।

पार्टीको प्रचारप्रसार उपशाखाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत् समसामयिक वर्तमान अवस्थाका बारेमा गरेको संवादमा उनले यस्तो बताएका हुन्। 

‘सर्वोच्च अदालतले संविधानमा टेकेर नै आवश्यक फैसला गर्छ,’ उनले भने, ‘निर्वाचन आयोगले पनि आधिकारिताका विषयमा कानुनअनुसार नै निर्णय गर्छ भन्ने हाम्रो विश्वास हो।’

वर्तमान सरकारले संविधान हत्या गर्न उद्यत भई प्रतिगामी कदम अघि बढाएकाले आफूहरु संघर्ष गरिरहेको उनको भनाइ छ। ‘हामी संघर्ष गरिरहेका छौं। हर हालतमा प्रतिगमनलाई असफल बनाउनुपर्ने छ,’ उनले भने।

निर्वाचन आयोगमा यसअघि पेश गरेको विवरणलाई आयोगले आधिकारिकता दिन नसक्ने भनेपछि आफूहरुले राजनीतिक दलसम्बन्धी दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको उनले बताए।

संयुक्त संघर्षका लागि प्रयास भइरहेको भए पनि अहिलेसम्म सहमति जुटिसकेको नसकेको उनको भनाइ छ। ‘हामीले वार्ता र छलफलको प्रक्रिया पनि अघि बढाइरहेका छौं संयुक्त संघर्ष गरेर अगाडि जान सकियोस् भनेर,’ उनले भने। 

नागरिक आन्दोलनले प्रतिगमनविरुद्ध सडक संघर्ष गरिरहेका बेला प्रधानमन्त्री र सरकारी गुटका मानिसहरुले आन्दोलनमा दमन गरेको उनले आरोप लगाए।

नेकपाको दाहाल नेपाल समूहले हरेक दिन दिउँसो ३ बजे फेसबुक पेजमार्फत् वर्तमान राजनीतिका विषयमा अन्तरसंवाद गर्ने जनाएको छ। 
 

प्रकाशित: Feb 02, 2021| 11:32 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।