शुक्रबार, भदौ १९, २०८३

महाकाली नदी थुनियो, सचेत रहन प्रशासनको आग्रह

महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएकोले सचेत रहन प्रशासनले आग्रह गरेको हो। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

धनगढी– महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएकोले सचेत रहन प्रशासनले आग्रह गरेको हो। 

महाकाली थुनिएकाले जुनसुकै समयमा जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भन्दै महाकाली नदी छेउछाउका बस्तीलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ।

भारतीय पक्षले बाटो बनाउने क्रममा पहिरो खसेपछि महाकाली नदी थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

‘भारतीय पक्षले बाटो बनाइरहेको क्षेत्रमा पहिरो खसेर महाकाली नदी थुनिएको हो,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘अहिले भारतीय पक्षले पहिरो पन्छाउने काम गरिरहेको छ।’

प्रकाशित: Feb 02, 2021| 12:33 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।