शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेह्रथुमका एक सयभन्दा बढी जेष्ठ नागरिकलाई दाँत उपहार

तेह्रथुमका एक सयभन्दा बढी जेष्ठ नागरिकलाई दाँत उपहार

तेह्रथुमको म्याङलुङका एक सयभन्दा बढी जेष्ठ नागरिकले नयाँ दाँत उपहार पाएका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

विराटनगर– तेह्रथुमको म्याङलुङका एक सयभन्दा बढी जेष्ठ नागरिकले नयाँ दाँत उपहार पाएका छन्।

प्रदेश १ सरकारको ‘प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम’ अन्र्तगत उनीहरुलाई नयाँ दाँत उपहार स्वरुप लगाइएको हो।  

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ आफैं तेह्रथुम पुगेर जेष्ठ नागरिकलाई दन्त उपहार हस्तान्तरण गरे। 

प्रदेश प्रमुख अधिकारीले सरकारले जेष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा सेवा सुविधा र खानपानमा सहज हुने वातावरण सृजना गर्नको लागि प्रभावकारी कार्यक्रम ल्याएकोे बताए। जेष्ठ नागरिकले असहज परिस्थितिमा देशलाई अतुलनीय योगदान दिएको र अहिलेको परिवर्तन त्यही योगदानको प्रतिफल भएको कुरालाई सरकारले सम्झिएकोमा उनले खुशी व्यक्त गरे। 

म्याङ्लुङ्ग नगरपालिका प्रमुख सञ्जयकुमार तुम्वाहाम्फेले जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी देखिएको बताए। कार्यक्रमले जेष्ठ नागरिकमा खुशी छाएको बताए । 

हेल्पिङ युथले संयोजन गरेको कार्यक्रममा पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीले प्राविधिक सहयोग गरेको थियो । 

प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सुरु गरेको कार्यक्रम प्रभावकारी देखिएपछि यसले निरन्तरता पाएको हो। 

 

 
 

प्रकाशित: Feb 03, 2021| 01:52 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।