शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कीर्तिमानी आरोही निर्मल पूर्जा पर्वतारोहण संघको सद्भावनादूत

कीर्तिमानी आरोही निर्मल पूर्जा पर्वतारोहण संघको सद्भावनादूत

नेपाल पर्वतारोहण संघ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बेसडर’ घोषणा गरेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - नेपाल पर्वतारोहण संघ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बेसडर’ घोषणा गरेको छ।

नेपाली पर्वतारोहीहरूको छाता सङ्गठन एनएमएले विश्वकै कठिन हिमाल केटूको सफल आरोहण गरी देशको पहिचानलाई विश्वभर पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सन् २०२१ का लागि सद्भावनादूत बनाएको हो।

आरोही मगरले यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल भएका थिए। 

हालै आठ हजार ६११ मिटर उचाइको केटू प्रथम आरोही भएका आरोहण दलको नेतृत्व गर्ने पूर्जा मगरलाई नेपाल र नेपालको पर्वतीय पर्यटन विश्वमा प्रचारप्रसार तथा प्रवर्द्धनसहित संघको प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले एनएमएले सद्भावनादूत घोषणा गरेको हो।

यही माघ १८ गते सम्पन्न एनएमएको केन्द्रीय कार्य समितिको ५७औँ अत्यावश्यक बैठकले सद्भावनादूत मनोनयन गर्ने निर्णय गरी एनएमएको सन् २०२१ का लागि सद्भावनादूतका रुपमा जिम्मेवारी दिइएको संस्थाका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए। 

मगरसहित १० जना नेपाली आरोही समूहले ३८ वर्षपछि शिशिर ऋतु (विन्टर सिजन) मा गत माघ ३ गते (सन् २०२१ जनवरी १६ तारिख) मा पाकिस्तानस्थित केटू को सफलतापूर्वक आरोहण गरी नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए।

त्यसैगरी एनएमएले केटू प्रथम आरोहण विजेता १० जना विश्व विख्यात कीर्तिमानी आरोहीलाई संस्थाबाट बधाई, सम्मान तथा हौसला स्वरुप संस्थाको सदस्यता नवीकरण शुल्कमा १० वर्षसम्मको साधारण सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित: Feb 03, 2021| 01:02 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।