शुक्रबार, भदौ १९, २०८३

हत्कडीसहित फरार अभियुक्त पक्राउ

कैलालीमा लागु औषध खैरो हेरोइनसहित पक्राउपछि हत्कडीसहित फरार भएका अभियुक्त पक्राउ परेका छन्। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

धनगढी– कैलालीमा लागु औषध खैरो हेरोइनसहित पक्राउपछि हत्कडीसहित फरार भएका अभियुक्त पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरेन्द्र शाही रहेको प्रहरीले जनाएको छ। उनी धनगढी उप–महानगरपालिका–१ धनगढीको पार्कमोडबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

खैरो हेरोइनसहित माघ १७ गते जोशीपुर गाउँपालिका–३, मनकापुरबाट पक्राउ परेका उनी ईलाका प्रहरी कार्यालय जोशीपुर लैजाने क्रममा सोही दिन राति साढे ९ बजे वडा नम्बर ३ लक्कडबाट हत्कडीसहित फरार भएका थिए। 

प्रकाशित: Feb 02, 2021| 11:05 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।