शुक्रबार, भदौ १९, २०८३

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

यो प्रणाली सुरु भएपछि सवारी चालकलाई लाइन बस्नुपर्ने, बैंकमा जरिवानाको रकम जम्मा गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - के तपाईंले ट्राफिक नियम उल्लंघन गर्नुभयो र खल्तीमा पैसा छैन ? अब चिन्ता गर्नुपर्दैन, ट्राफिक प्रहरीले अनलाइनबाटै जरिवाना तिर्न मिल्ने व्यवस्था गरेकाे छ। 

यो प्रणाली सुरु भएपछि सवारी चालकलाई लाइन बस्नुपर्ने, बैंकमा जरिवानाको रकम जम्मा गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ। 

आज ‘ट्राफिक जरिवाना अनलाइन भुक्तानी’ सेवाको शुभारम्भ गरिँदै छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सो सेवा उद्घाटन गर्ने कार्यक्रम छ। 

सवारी चालकको सहजताका लागि जरिवाना रकम अनलाइनबाट भुक्तानी गर्न मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 03, 2021| 03:18 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।