शनिबार, साउन ३१, २०८२

आर्सनलको अर्को हार र डबल रेडकार्ड

उल्भरह्याम्टनले इंग्लिस प्रिमियर लिग (ईपीएल)को मंगलबार राति सम्पन्न खेलमा आर्सनलविरुद्ध २–१ गोलको जित निकालेको छ।
 |  बुधबार, माघ २१, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

vianetvianet

काठमाडौं - उल्भरह्याम्टनले इंग्लिस प्रिमियर लिग (ईपीएल)को मंगलबार राति सम्पन्न खेलमा आर्सनलविरुद्ध २–१ गोलको जित निकालेको छ।

उल्भ्सको मैदानमा सम्पन्न खेलमा जितका लागि रुविन नेवेस र जोआ माउटिन्होले गोल गरे।

खेलको ३२ औं मिनेटमै अलेक्जेन्डर लकाजेट्को पासमा आर्सनलका निकालेसल पेपेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेवेसले खेललाई बराबरीमा ल्याए।

यससँगै पहिलो हाफ बराबरीमा रोकियो। त्यसअघि नै आर्सनलका डिफेन्डर डेविड लुईले सीधा रातो कार्ड पाए।

उल्भ्सका विलियम जोस आर्सनलका गोलकिपरसँग पेनाल्टी एरियामा वान टू वानको अवस्थामा लुइसले उनीमाथि फल गरेका थिए। यसकारण लुइस बाहिरिए भने उल्भ्सले पेनाल्टीको अवसर पायो।

Metro Mart

त्यस्तै दोस्रो हाफको ४९ औं मिनेटमा थप एक गोल गर्दै उल्भ्सले अग्रता आफ्नो हातमा लियो।

खेलको ७२ औं मिनेटमा आर्सनलका गोलकिपर ब्रेन्ड लेनोले पेनाल्टी एरिया बाहिर गोललाई हातले पन्छाएपछि उनी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

दोहोरो रेड कार्डसँगै हार बेहोरेको आर्सनल अंकतालिकाको १० औं स्थानमा छ भने उल्भ्स १४ औं स्थानमा छ।  

प्रकाशित: Feb 03, 2021| 02:30 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।