शनिबार, कात्तिक ७, २०८३

टप एन्ड सिरिज: नेपाल ए भिक्टोरियासँग पराजित

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं। नेपाल ए अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ। 

शनिबार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो।

नेपाल ए ले दिएको १४३ रनको लक्ष्य पछाएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक अविजित ९० रन बनाएका थिए भने दीपक डुम्रेले १६ रन बनाएका थिए।

योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बंगलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ए टिम सेमिफाइनलमा पुगेका छन्।

नेपाल ए ले ६ खेलमा २ जित हासिल गरेको थियो भने ४ खेलमा हार बेह्रोरेको थियो।

प्रकाशित: Aug 29, 2026| 16:58 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।