शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ओली समूहको आमसभाले रोकियो सवारी लाइसेन्स परीक्षा

नेकपा ओली समूहको आमसभाले रोकियो सवारी लाइसेन्स परीक्षा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहको आमसभाका कारण २३ गते शुक्रबार हुने सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित हुने भएको छ।  
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहको आमसभाका कारण २३ गते शुक्रबार हुने सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित हुने भएको छ।  

नेकपा ओली समूहले शुक्रबार राजधानीमा आमसभा गर्दैछ। सोही आमसभालाई कारण देखाउँदै महानगरीय ट्राफिक महाशाखाले सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित गरेको हो। महाशाखाले मातहतका युनिटहरुलाई परीक्षा स्थगित गर्न सर्कुलर जारी गरेको छ।   

महाशाखाले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘२३ गते विभिन्न राजनीतिक दलहरुबाट उपत्यकाका विभिन्न स्थानहरुमा विरोध कार्यक्रम लगायतका कार्यक्रमहरु तथा भीभीआईपी, भीआईपीहरुको आगमनको कार्यक्रम भएको हुँदा ट्राफिक व्यवस्थापना अधिकतम जनशक्ति खटाउनुपर्ने भएकाले उक्त मितिमा तहाँ कार्यलयहरुबाट हुने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।’

प्रकाशित: Feb 02, 2021| 11:21 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।