जबाफदेहिता निगरानी समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अपराधलाई राजनीतिकरण नगर्न, कानुनी सर्वोच्चता र अदालतको आदेशको पालना गर्न माग गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल चढेको गाडीमा ढुंगामुढा प्रहार भएको छ। मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न भैरहवा पुगेका पौडेलको गाडीमा स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्।